
काठमाडौं । नयाँ सत्ता समीकरणबारे कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बुढानीलकण्ठमा सुरु भएको छ । तीन बजेका लागि बोलाएको बैठक एक घण्टा ढिला गरी सुरु भएको हो ।
सभापति देउवाले बोलाएको बैठकमा जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र नेता अशोक राई सहभागी छन् ।
त्यस्तै, बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन् । बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पबारे छलफल हुने बताइएको छ ।












