Logo
Logo

प्रदेश १ काे प्रदेशसभा बैठक दोस्रो दिन पनि अवरुद्ध


दृष्टि संवाददाता


मोरङ । प्रदेश १ प्रदेशसभाको बैठक दोस्रो दिन पनि अवरुद्ध भएको छ । शुक्रबार एक बजे बसेकोे बैठक प्रदेशसभाका प्रतिपक्ष दलहरूले बजेट कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै सदन अवरुद्ध पारेका हुन् ।

बैठक शुरू हुनासाथ सांसदहरू उठेपछि उपसभामुख सरस्वती पोखरेलले आफ्ना कुरा राख्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक झलकसिंह दर्लामी मगरलाई समय दिएकी थिइन् ।

संसदमा बोल्दै मगरले चालू वर्षका आयाजनाहरू कार्यान्वयनमा सरकार उदासिन देखिएको र त्यसको कार्यान्वयनको ग्यारेन्टी गर्न माग गरेका छन् ।

उनले आफूहरु निर्वाचन क्षेत्रमा गइरहँदा जनताका नजरमा शिर उठाएर प्रदेश सभाका सदस्यहरु हौ भन्नै नैतिक साहस कमजोर बनेको बताए ।

बहुवर्षे सडक पुल र अन्य कार्यक्रम मंसिरबाटै कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए पनि पूरा नगरेको र धेरै योजनाहरू सुरू हुन नसकेको उनले बताए ।

उनले राजनीतिक आस्थाका आधारमा जथाभावी कर्मचारीहरूको सरूवा गरेर आतंक सृजना गरेको भन्दै त्यसलाई रोक्न माग गर्दै उनले भने,‘यी मागहरू सम्वोधन नभएसम्म हामी सदन सुचारू हुन दिँदैनौ । ’

प्रदेशसभाको बैठक चैत ३० गते सोमबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्