Logo
Logo

३ सय ३६ प्रहरी निरीक्षकको सरुवा


दृष्टि संवाददाता


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ सयभन्दा बढी प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । हिजो (शुक्रबार) साँझ ३ सय ३६ प्रहरी निरीक्षकको सरुवा गरिएको हो । प्रत्येक १ वर्षमा सरुवा गर्नुपर्नेमा सरुवा गर्न सकेको थिएन ।

बल्ल १ वर्ष ३ महिनापछि मात्र सरुवा गरिएको हो । सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए । प्रधान कार्यालयले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्टलाई ल्याएको छ ।

काभ्रेको इलाका प्रहरी कार्यालय बनेपामा राजन कोइराला र जिल्ला ट्राफिक कार्यालय बनेपामा प्रमिला श्रेष्ठलाई पठाइएको छ । काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई सरुवा गरिएको छ ।

रुपन्देही स्थित इलाका प्रहरी कार्यालय बेलहियामा नविन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा ज्ञान बहादुर माझी र सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा अनिलराज गिरीलाई पठाइएको छ । पूर्वी नवलपरासी स्थित ईलाका प्रहरी कार्यालय गैँडाकोटमा लक्ष्मी पाण्डे खनालको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्