Logo
Logo

पूर्व उपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्था गम्भीर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ ।
ह्याम्स अस्पतालमा उपचारत नेता अधिकारीको शनिबार अस्पतालले पत्रकार सम्मेलन गरी उनको स्वास्थ्यबारे जानकारी गरिुएको छ । अस्पतालका अनसार नेता अधिकारीको स्वास्थ्य अवस्था जटिल छ ।
फोक्सो८ र मुटुमा समस्या भएपछि अधिकारी ह्याम्स अस्पतालमा तीन सातादेखि उपचाररत छन् । पत्रकार सम्मेलनमा नेता अधिकारीलाई बचाउन सकिने सम्भावना न्यून रहेको जनाएको छ । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको पनि अस्पतालको भनाइ छ ।
‘आजको अवस्था अनुसार उहाँको सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएको देखिन्छ र उहाँलाई कृतिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको छ’, अस्पतालका डाक्टर भास्करराज पन्तले पत्रकार सम्मेमलनमा भने, ‘रक्तचाप बढाउने औषधिको प्रयोग गर्नुपरेको छ । वितेको २४ घण्टादेखि पिसाव भएको छैन । समग्रमा हाम्रो सम्पूर्ण प्रयासका बाबजुत उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्