Logo
Logo

भारतमा कोरोनाको दोस्रो लहर : एकैदिन डेढ लाख संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय भारतका दैनिक कोरोना संक्रमित बढिरहेका छन् । संक्रमणको दोस्रो लहर सामना गरिरहेको दैनिक लाख भन्दा बढी संक्रमित फेला पर्न थालेका छन् । यसैक्रमामा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर आएसँगै संक्रमित र मृत्युदर समेत ह्वातै बढेको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् ।

पछिल्ला केही दिनमा कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्