Logo
Logo

पूर्वउपप्रधानमन्त्री अधिकारीको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ फागुन । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । उनलाई अस्पतालले शनिबार राती १० बजे मृत घोषित गरेको हो । १६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
मेडिसिटी अस्पतालमा स्वास्थ्यमा सुधार नआएपछि २४ माघदेखि ह्याम्स अस्पतालमा सारिएको थियो । अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।
अधिकारीको शुक्रबार सा“झदेखि पिसाब रोकिएको अस्पतालले जनाएको थियो । ह्याम्स अस्पतालले शनिबार दिउ“सो पत्रकार सम्मेलन गरी नेता अधिकारीको सबै अंगले काम गर्न छोडेको जनाएको थियो । नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी सन १९३६ मा महोत्तरीको भावरपूर्ण जन्मिएका थिए । नेता अधिकारी १६ वर्षदेखि नै राजनीतिमा संलग्न भई क्रियाशील हु“दै आएका थिए । उनी लामो समय पार्टीमा पोलिटब्यूरो सदस्य थिए ।
दाजु भरतमोहन प्रधानमन्त्री भएका उनी पहिलोपटक २०५१ साल अर्थमन्त्री बनेका थिए । अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायतका विभागमा प्रमुखको जिम्मेवारी बहन गरिसकेका थिए ।
नेता अधिकारी अर्थमन्त्री हु“दा अघि सारिएको ‘आफ्नो गाउ“ आफै“ बनाऔ“’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको छ ।
६ दशक राजनीतिमा सक्रिय नेता अधिकारी अर्थमन्त्री हु“दा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन थालेका थिए । वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन अधिकारीकै योजना थियो । साथै, उनले अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैया“ सुत्केरी भत्ता पाउने व्यवस्था गरेका थिए ।
२०४७ मा संविधान मस्यौदा समिति सदस्य अधिकारी मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा दुईपटक निर्वाचित भएका अधिकारी ‘मनमोहन मेमोरियल फाउन्डेसन’ का संस्थापक अध्यक्ष हुन् । नेता अकिारीका पत्नी र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्