Logo
Logo

कर्णाली प्रदेश : नेकपा संसदीय दलको प्रमुख सचेतकमा शाह र सचेतकमा नेपाली


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, १८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकमा नियुक्ति गरेका हुन । दलको सचेतकमा प्रदेशसभा सदस्य सीता नेपालीलाई नियुक्ति दिइएको दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री शाहीले बताएका छन् ।

प्रमुख सचेतक शाह नियुक्त शाह वनगाड कुपिण्डे नगरपालिका– ६ सल्यान निवासी हुनुहुन्छ । उहाँ विसं २०७४ को प्रदेशसभाको चुनावमा सल्यान जिल्लाको प्रदेश ‘क’ बाट निर्वाचित भएका हुन ।

सचेतकमा नियुक्त प्रदेशसभा सदस्य नेपाली सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुन । प्रमुख सचेतक र सचेतक दुवैलाई नेकपा संसदीय दलको शनिवार बसेको बैठकले चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्