Logo
Logo

श्रद्धाञ्जलीका लागि अधिकारीको शव पार्टी कार्यालयमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ फागुन ।

शनिबार बेलुका निधन भएका पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले उनको शवमा पार्टीको झन्डा ओडाएर श्रञ्जाली दिएका छन् ।


बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा स्वर्गीय अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिनेको भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्