Logo
Logo

ओलीबाट ठूलो भूल भयोः भीम रावल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका निलम्बित नेता भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट ठूलो भूल भएको दावी गरेका छन् । नेकपा एमाले ( माधव–झलनाथ) समूहका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले अध्यक्ष अ‍ोलीबाट ठूलो भूल भएको बताएका हुन् ।

उनले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नबोलाई फागुन २८ गते आफ्ना गुटको बैठकबाट महाधिवेशन आयोजक कमिटी बनाउनु ओलीको ठूलो भूल बताएका हुन् । ओलीले पार्टीको विधानमा उल्लेखित बुदा नं. १३ को क तथा १४ र ५८ उलङ्घन गरी महाधिवेशन आयोजक कमिटी बनाएर ठूलो गल्ती गरेको रावलको भनाइ छ ।

उनले नवौं महाधिवेशनमा जस्तो संरचनामा थियो त्यस्तै संरचना अनुसार जिल्ला प्रदेश वडा स्तरसम्ममा पार्टी र जनसंगठनका सबै कमिटीहरु सकृय तुल्याउन आफूहरुले कमिटी गठन गरेको पनि दावी गरे ।

तक्मा वितरणमा असन्तुष्टी
कार्यक्रममा नेता रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको तक्मामा नेपालको पुरानो नक्सा प्रयोग गरिएको प्रति पनि उनले आपत्ति जनाए । उनले मानपदवीमा अंकित नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नराखिनुको जवाफ प्रधानमन्त्री ओलीले जवाफ दिनु पर्ने बताए ।

सिके राउतप्रति आक्रोश
कार्यक्रममा उनले सिके राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशनका बेला जनकपुरमा राखिएको पर्चा पम्प्लेट ब्यानरमा ‘स्वतन्त्र मधेश’को नारा लेखेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । राउतसँग केपी ओलीले गरेको ११ बुँदे सहमतिप्रति नै प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस्