Logo
Logo

ओलीसँग सरकार बनाउने जसपाको तयारी, कांग्रेस नेतृत्वमा सरकार बन्न नसक्ने


दृष्टि संवाददाता


काठमाडौं । सत्ता समीकरणका लागि निर्णायक ठानिएको जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसको नेतृत्वमा सरकार बनाउन तत्काल सम्भव नभएको निष्कर्ष निकालेको छ ।

आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निष्कर्षमा पुगेको हो ।

शुक्रवार कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै सहयोगका लागि माओवादी केन्द्र र जसपासँग आग्रह गरेको थियो । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपनि जसपाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको थियो ।

यता, सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा राजपाको तर्फवाट कर्णको नेतृत्वमा वार्ता टोली गठन गरी पटक पटक अनौपचारिक छलफल भइसकेको छ ।

अध्यक्ष महन्थ ठाकुर, प्रभावाली नेता राजेन्द्र महतो लगायत जसपाका बहुसंख्यक नेताहरु ओली सरकारबाटै आफूहरुका माग पूरा गराउने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।

यादव र बावुराम भट्टराई लगायतका नेताहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने भन्दापनि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको विषयमा पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्