Logo
Logo

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता



पोखरा, १९ फागुन ।
आइतबार बिहान पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । ल्याण्ड गर्न नसकी प्याराग्लाइडिङ फेवातालमा खसेको थियो ।


प्याराग्लाइडिङ चालककको उपचारको क्रममा मृत्यु भएको छ । उनी रोमानियाका नागरिक इडिई केजी भएको प्रहरीले जनाएको छ ।
फेवातालको मध्यभागमा खसेकोमा करिब १० मिनेटमा नै उनलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल लगिएको थियो । साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको थियो। घटनाको अनुसन्धान भइरहेको डिएसपी रबिन्द्रमान गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्