Logo
Logo

विवादित छविका नहकुल सुवेदीलाई न्यायाधीश बन्ने बाटो खुल्यो


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्चका प्रस्तावित न्यायाधीश नहकुल सुवेदीविरुद्ध दायर भएको रिट खारेज गरेको छ ।

सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल ईजलासले न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दायर गरेको रिटमा सुनुवाइ गर्दै रिट खारेज गरेको हो । यो सँगै न्यायाधीश सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुलेको छ ।

अदालतले सर्वोच्चको न्यायाधीशको लागि सुवेदीको योग्यता पुग्ने व्याख्या गर्दै रिट खारेज गरिदिएको हो न्यायापरिषद्ले सुवेदीलाई फागुन २८ गते न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत स्पष्ट पारेको छ ।

यस्तै सिफारिस गरिएका न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया चैत ४ गतेदेखि सुरु भइसकेको छ भने वैशाख ३ गते संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाई गर्ने तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्