Logo
Logo

आइपीएलमा आज राजस्थान र पञ्जाव मैदानमा उत्रँदै


दृष्टि संवाददाता


काठमाडौं । भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा आज राजस्थान रोयल्स र पञ्जाव किंग्स विच प्रतिस्पर्धा हुँदैछ । पौन ८ बजे राति सुरु हुने खेलमा दुवै टोली पहिलो जीत निकाल्दै संस्करणको सुखद सुरुवात गर्ने सोचका साथ मैदानमा उत्रँदैछ ।

मुम्बईमा हुने खेलमा राजस्थानको कप्तानी सञ्जु सामसनले गर्ने छन् भने पञ्जाबका कप्तान राहुल छन् । राजस्थानले यसअघि स्मिथलाई कप्तानी दिएको थियो । दुबै टिममा पावर हिटर खेलाडीको संलग्नता रहेको छ । जसका कारण यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

यी दुई टिम पछिल्ला पाँच खेलमा खेल्दा राजस्थानले तीन खेल जितेको छ भने दुई खेल पञ्जावको पक्षमा गएको छ । अघिल्लो संस्करणमा यी दुई टिम विच प्रतिस्पर्धा हुँदा दुबै खेलमा राजस्थान विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्