Logo
Logo

आमालाई हेरचाह नगरेको आरोपमा राष्ट्र बैंकका निर्देशक सुष्मा रेग्मी कारागार चलान


दृष्टि संवाददाता


काठमाडौं । आफ्नो आमालाई हेरचाह नगरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंकका निर्देशक सुष्मा रेग्मी कारागार चलान भएकी छिन्।

काठमाडौँ जिल्ला अदालतले थुनछेकको आदेश गर्दै रेग्मीलाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको हो। काठमाडौँ प्रहरी परिसरले रेग्मीलाई पक्राउ गरि उनलाई ज्येष्ठ नागरिक ऐन अन्तर्गत मुद्धा चलाएको थियो।

रेग्मीकी आमाले उनीविरुद्ध केही महिना अघि नै जाहेरी दिएकी थिइन्। आफ्नो नाममा रहेको सबै सम्पत्ती लगेर पनि छोरीले हेरचाह नगरेको भन्दै पीडितले रेग्मीविरुद्ध उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्