Logo
Logo

स्वास्थ्य मापदण्ड पालना गर्न तीन मन्त्रीहरुले सार्वजनिक अपील गर्ने


दृष्टि संवाददाता


काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलले सरकारका तर्फबाट आज स्वास्थ्य मापदण्डको पालनाबारे अपील गर्ने भएका छन् ।

सार्वजनिक अपीलमा सामाजिक दूरी कायम गर्नेदेखि मास्क लगाउन, भिडभाड नगर्न सचेत गराइने छ । साथै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि उपप्रधानमन्त्री पोखरेलसँगै देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्तरुपमा अपील गर्नेछन् ।
यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिति आंकलनसहितको छलफल मन्त्रिपरिषदमा भएको थियो ।

तर, तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन । संक्रमणको परिस्थिति हेरेर सरकारले निर्णय लिने भएको छ । दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दवाव भए पनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्