Logo
Logo

हुण्डी व्यापारीको सिआइबीमा चलखेल


दृष्टि संवाददाता


काठमाडौं । गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको बिशिष्टकृत निकाय केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को छवि पछिल्लो समय बिग्रदै गएको छ । साना तिना मुद्दा हेर्ने, ठूला मुद्दा दायर गर्न नसक्दा सिआइबीले जनविश्वास गुमाउँदै गएको छ ।

पर्यटकको उद्धारका नाममा भएको संगठित ठगीदेखि ललितानिवास जग्गा हिनामिना प्रकरणमा राजनीतिक दबाबको भरमा सिआइबीले मुद्दा दायर गर्न सकेको छैन । नक्कली डाक्टरमाथिको अप्रेसन पनि रोकिएको छ । अन्य कतिपय गम्भीर प्रकृतिका ठूला मुद्दा पनि उसले तामेलीमा राखेको छ । पछिल्लो समय सिआइबी चेक बाउन्स मुद्दाका प्रतिवादी खोज्दै हिडेको छ । ठूला किमिसका अन्य सफलता पनि उसले पाउन सकेको छैन ।

साना तिना मुद्दाको अनुसन्धानमा समेत उनले चलखेल गरेको पाइएको छ । संगठित रुपमा हुन्डीको कारोबारमा संलग्न एक व्यक्तिलाई सिआइबीले विस्तृत अनुसन्धान नै नगरी छाड्ने तयारी गरेको छ । हुन्डी र डलरको ठूलो कारोबार गर्ने मधु पाण्डेलाई ब्यूरोले सामान्य अनुसन्धान गरेर छाड्न लागेको हो ।

साना तिना मुद्दाको अनुसन्धानमा समेत उनले चलखेल गरेको पाइएको छ । संगठित रुपमा हुन्डीको कारोबारमा संलग्न एक व्यक्तिलाई सिआइबीले विस्तृत अनुसन्धान नै नगरी छाड्ने तयारी गरेको छ । हुन्डी र डलरको ठूलो कारोबार गर्ने मधु पाण्डेलाई ब्यूरोले सामान्य अनुसन्धान गरेर छाड्न लागेको हो ।

विशेष किमिसको ग्रिनकफीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका रसियन नागरिक इगोर कुट्स र आशिष महर्जनमाथि पक्राउ गरी अनुसन्धान गर्दा त्यसमा पाण्डेको समेत सहभागीता देखिएको थियो । उनले यसरी ठगी गरेको रकम हुन्डीमार्फत भारत पठाएका थिए ।

उनीहरूले ग्रिनकफीको नियमित सेवनले नाटकीय रूपमा मोटोपन घटाउने भन्दै भ्रमपूर्ण विज्ञापन गरेर ठगी गर्दै आएका थिए । प्रतिकेजी नौ सय ७० रुपैयाँमा नेपालकै ग्रिनकफी खरिद गरेर उनीहरूले किलोको २० देखि ४० हजार रुपैयाँसम्म बिक्री गर्दै आएका थिए । खुसिबुस्थित टिम वान सप्लायर्समार्फत ग्रिनकफी बिक्री गर्दै आएका थिए । यस्तो कफीको नियमित सेवनबाट कुनै डाइटिङ र विनाव्यायाम सातामा १३ किलोसम्म तौल घट्ने भन्दै भ्रममा पारेर ठगी गरेका थिए ।

पक्राउ परेका रसियन नागरिकसँग अवैध बिटक्वाइन बनाउने सामाग्री समेत बरामद भएको छ । उनको विभिन्न देशमा नेटवर्क देखिएको छ । यस्तो ठगीको अन्तर्राष्ट्रिय गिरोहमाथि ब्यूरोले विस्तृत अनुसन्धान गरेको छैन । यसको पछाडी चलखेल प्रमुख कारण रहेको बताइन्छ । खासगरी पाण्डेको अवैध धन्दाको विस्तृत छानबिन नगर्ने सर्तमा सिआइबीमा आर्थिक चलखेल चलेको छ ।

प्रतिक्रिया दिनुहोस्