राजकिय सम्मानका साथ अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती « Drishti News – Nepalese News Portal
Logo

राजकिय सम्मानका साथ अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको आइतवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिएको छ । तीन छोरीले उनलाई दागबत्ती दिएका छन् ।


धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो ।


अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्टिय झण्ढा ओढाएर सम्मान गरेका छन् । अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिएर अन्तिम संस्कार गरिएको छ ।
उनको अन्तिम संस्कारमा हजारौंको संख्यामा सर्वसाधरण पशुपतिमा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्