Logo
Logo

एमसीसी पेश नगरेकाले सभामुखसँग प्रधानमन्त्री रुष्ट


दृष्टि संवाददाता


काठमाडौं । सदन र सरकारको तित्तता सतहमै देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ सालको अवसरमा सम्बोधन गर्दै संसदप्रति असन्तुष्टि जनाए ।

उनले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाप्रति असन्तुष्टि जनाए । उनले सभामुखको नाम नलिइकन उनले संविधान नमानेको आरोप लगाए ।

ओलीले भने, ‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेश गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्