सरकारले लकडाउन गर्दैनः प्रधानमन्त्री ओली « Drishti News – Nepalese News Portal
Logo

सरकारले लकडाउन गर्दैनः प्रधानमन्त्री ओली


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म लकडाउन गर्ने पक्षमा नभएको बताएका छन् ।


प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्