Logo
Logo

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत लिन पत्र दर्ता


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिन पत्र दर्ता गरेका छन् । उनले मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन् ।

प्रदेशसभा सचिव जीवराम बुढाथोकीका अनुसार यो शुक्रबार बस्ने प्रदेशसभा वैठकमा सदन चल्नअघि ल्याएका अध्यादेश टेबल गर्ने भएका छन् । त्यसपछि मत विभाजन प्रणालीअनुसार विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।

एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाहीको सरकार अल्पमतमा परेको छ । उनलाई प्रतिस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि एमालेले गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्