Logo
Logo

६४ इन्सपेक्टर डिएसपीमा बढुवा, अब्बल सावित गर्न आईजिपीको निर्देशन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ फागुन ।
ग्त साताको सिफारिसअनुसार नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपीमा बढुवा भएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह लगाइदिएका छन् ।


उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति हुने अधिकृतहरुलाई बधाई तथा शुमकामना व्यक्त गर्दै अव खटिने ठाउँमा दिइएको जिम्मेवारी अझै वढी उर्जा थपेर निर्भिकताकासाथ काम गर्न निर्देशन दिए । विगतका अनुभव र आफ्नो ज्ञान, सीप एवं दक्षता प्रयोग गरी संगठन निर्माणमा सक्रिय हुनुपर्ने उल्लेख गरे ।
उत्कृष्ट काम गर्ने, सक्षम, सवल, इमान्दार, कर्तव्यनिष्ठ कर्मचारीको छिट्टै वृत्तिविकास गरौं भन्ने संगठनको सदैव चाहना रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने “संगठनको यस्तो चाहना पुरा गर्न प्रहरी कर्मचारीहरुले आफ्नो कामले नै आफूलाई अब्बल सावित गर्नुस् ।” कामप्रतिको निष्ठा, लगाव र मूल्याङकन नै वृत्तिविकासको आधार हुने र यसले आत्मसम्मान, सामाजिक प्रतिष्ठा र अपनत्व बढ्नेतर्फ सबैले सोच्नुपर्ने खनालले बताए ।
समाजमा अपराध नियन्त्रणपछि मात्र सामाजिक रुपमा कार्यक्रम लग्नु राम्रो हुने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले जुनसुकै स्थानमा काम गर्दा पनि आफ्नो सीप र दक्षताको प्रयोग गरी पूर्ण महत्वका साथ काम गर्नुपर्ने उल्लेख गरे । प्रहरी कर्मचारीहरुले आर्थिक वा अन्य कुनै पनि रुपमा गलत काम गरेमा क्षम्य नहुने भएकोले सकारात्मक सोचले अत्यन्त सचेत र सजग भई काम गर्नुपर्नेमा उनको जोड थियो व्यक्तित्व विकास, असल सोंच, शालीनता, असल व्यवहारका साथ काम गरी संगठनलाई विश्वास दिलाउन उनले आग्रह गरे ।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सांगठनिक अपेक्षा र उद्देश्यलाई पुरा गर्न अझै निर्भिक, निष्पक्ष र नागरिकमैत्री भई पूर्ण निष्ठा र इमान्दारिताका साथ आफूहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बढुवा भएकाहरुको पदस्थापन भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्