Logo
Logo

अविश्वासको प्रस्तावबाट भाग्दिनँ : मुख्यमन्त्री गुरुङ


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू अविश्वासको मतबाट डराएर नभाग्ने बताएका छन् । उनको नेतृत्व सरकारविरुद्ध विपक्षी दलले मोर्चाबन्दी कसेपछि मुख्यमन्त्री गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मुख्यमन्त्री गुरुङले आफू अविश्वासको मतबाट नडराउने बताएपनि मध्यरातमा हतार हतार चालू अधिवेशन अन्त्य गरेका छन् ।
गुरुङ नेतृत्वको सरकारविरुद्ध बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी दल काग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री गुरुङले त्यसबारे आफू जानकार रहेको बताउँदै अपवित्र गठबन्धन गरेर कम्युनिस्ट नेतृत्वको सरकार ढाल्ने प्रयास भइरहेको बताए । उनले भने, ‘यदि सरकारविरुद्ध प्रस्ताव आए सामना गर्न म तयार छु । डराएर भाग्ने कुरा हुँदैन ।’

आफ्ना कारणले मोर्चाबन्दी गर्नुपर्ने कारण नरहेको भन्दै उनले त्यस्तो कारण भए दिन चुनौतीसमेत दिएका छन् । मुख्यमन्त्री गुरुङले केपी ओलीको प्रतिगमनलाई सघाएको विपक्षीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्