Logo
Logo

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध पनि विश्वासको प्रस्ताव ल्याउने तयारी


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरिएएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको हो ।

दुई दलबीच अविश्वासको प्रस्तावको विषयमा छलफल भइरहेको लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले जनाएका छन् । उनका अनुसार केही दिनमै अविश्वास प्रस्ताव ल्याइँदैछ । उनले अहिले ‘वर्क आउट’ भइरहेको छ ।

सरकार बाहिरका दलहरुबीच आन्तरिक छलफल तीव्ररुपमा भइरहेको बताउँदै केही दिनमै मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वाको प्रस्ताव ल्याउने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्