Logo
Logo

कर्मचारी निधनको शोकमा गुल्मी प्रशासन बन्द


दृष्टि संवाददाता


गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द गरिएको छ । चार जना कर्मचारीको दूर्घटनामा परेर मृत्यु भएको शोकमा बिहीबार कार्यालय पूर्णरूपमा बन्द गरिएको हो । यस्तै, अत्यावश्यक काम बाहेकका सेवा पाँच दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

गुल्मीबाट नयाँ वर्ष मनाउन स्वर्गद्वारी जाने क्रममा लु १ ज १६५५ नम्बरको प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना हुँदा मुसिकोट नगरपालिका–३ का चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थीको मृत्यु भएको छ ।

यस्तै, मुद्दा शाखाका धुर्कोट–७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजा निवासी ३८ वर्षका श्याम न्यौपाने र खरिदार मालिका गाउँपालिका(७ निवासी ३५ वर्षका यमलाल पन्थीको मृत्यु भएको छ ।

जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्