Logo
Logo

चौथो पटक वागमती प्रदेशसभा बैठक अवरुद्ध


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले वागमती प्रदेशसभा बैठक बिहीबार पनि अवरुद्ध गरेको छ ।

विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीबारको प्रदेशसभा बैठक चल्न नदिएको हो । योसँगै चौथो पटक प्रदेशसभा अवरुद्ध हुन पुगेको छ ।

माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए ।

‘विद्युतीय बस सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको छैन । यस्तो अवस्थामा बस सञ्चालन गर्न सकिँदैन । तत्काल यो बस खरिद प्रक्रिया रोक्न जरुरी छ’, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए ।

माओवादीको मागमा नेपाली कांग्रेस, विवेकशील साझा तथा अन्य साना दलहरुले समेत समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्