Logo
Logo

‘पढाइको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ । कोभिड–१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ पढाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरिएको हो ।

प्रविधिको युगमा यस्तो विषम परिस्थितिमा प्रविधिकै प्रयोग गरी विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले यस प्लाटफर्मको विकास गरिएको हो । ‘पढाईको नयाँ फण्डा’ स्लोगनसहित सार्वजनिक भएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्नेछ ।

मेरोस्कुल एक डिजिटल इ–लर्निङ प्लाटफर्म हो, जहाँ तपाईले नेपाल सरकारको पाठ्याक्रममा आधारित पाँच हजारभन्दा धेरै भिडियोहरु पाउनु हुनेछ । यसका साथै यहाँ तपाईँले पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि पाउन सक्नुहुनेछ ।

यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन् । शैक्षिक पाठ्यक्रमका अलावा यहाँ तपाईहरुले डिजाइनिङ कोर्स, ल्याङवेज कोर्सलगायतका कोर्सहरू पनि पाउन सक्नुहुनेछ । यस प्लाटफर्म सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाको लागि ट्यूटोरियल भिडियाहरु निःशुल्क हेर्न सकिनेछ ।

यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सक्नेछन् । अफलाइन भ्युइङ्ग फिचर पनि भएकाले यहाँ भएका शैक्षिक सामाग्रीहरु आफूले चाहेको समयमा चाहेको ठाउँमा बसी सूपथ मूल्यमा हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्