Logo
Logo

कर्णाली प्रदेश एमाले संसदीय दलले फ्लोर क्रस गर्ने सांसदलाई कारवाही गर्दै


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेश एमाले संसदीय दलको आकस्मिक बैठक शुरू भएको छ । सरकारको पक्षमा पार्टीका पाँच सांसदले ‘फ्लोर क्रस’ गरेर मतदान गर्ने पाँच सांसदलाई कारवाहीको सिफारिस गर्ने गरी आकस्मिक बैठक बसिरहेको हो ।

पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । शुक्रबार प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।

प्रदेश सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए भने देवी ओलीले भने विश्वासको मतकबो पक्षमा दिएको मत सच्याउन दिइने समयमा गएर सच्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्