Logo
Logo

विश्वासको मत दिने सांसदलाई माफि नदिने : प्रदीप ज्ञवाली


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिने आफ्ना सांसदलाई माफि नदिने एमाले नेता प्रदीप ज्ञवालीले बताएका छन् ।

नेकपा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई जिताएका थिए । शुक्रबार प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।

सरकारको पक्षमा मतदान गर्ने सांसदलाई कारवाहीको सिफारिस गर्ने गरी आकस्मिक बैठक बसिरहेको छ ।

यस्तै कर्णाली प्रदेशका एमाले संसदीय दलका नेता यामलाल कँडेल फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् । उनले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिए । उनले यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको बताए ।

प्रतिक्रिया दिनुहोस्