ओलीको गृह जिल्लामा माधव–झलनाथ समूहद्वारा समानान्तर कमिटी घोषणा « Drishti News – Nepalese News Portal
Logo

ओलीको गृह जिल्लामा माधव–झलनाथ समूहद्वारा समानान्तर कमिटी घोषणा


दृष्टि संवाददाता


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेको अर्को पक्ष माधव–झलनाथ समूहले समानान्तर कमिटी घोषणा गरेको छ ।

शुक्रबार झापाको विर्तामोडमा आयोजित कार्यकर्ता भेलामार्फत मालेकालदेखिका पुराना बामपन्थी नेता बेदराज रेग्मीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरेकाे हो ।

३५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख रहेकी चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी लगायत रहेको नवघोषित जिल्ला कमिटी सदस्य केशव दाहालले जानकारी दिए ।

जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ओलीको हठ र निरङ्कुश कार्यशैलीकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन संकटमा परेको आरोप लगाए ।

ओलीको व्यक्तिगत आकांक्षाले नेपाली कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको भन्दै उनले गलत प्रवृत्तिको भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह  गरे ।

समानान्तर कमिटी घोषणा कार्यक्रममा वरिष्ठ नेता नेपालसहित एमाले उपमहासचिव घनश्याम भुसाल, प्रदेश संयोजक  भीम आचार्य, घनेन्द्र बस्नेतलगायत नेताहरू सहभागि थिए । नेपाल समूहले ६८ जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्