Logo
Logo

फ्लोर क्रस गर्ने सांसद भन्छन्ः ‘मैले होइन ओलीले पार्टीलाई धोका दिए’


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशका सांसद अम्बरबहादुर थापाले पार्टीलाई आफूले नभई केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन् । शुक्रबार पार्टीको ह्वीप विपरित गएर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका थापाले आफूले कुनै गल्ती नगरेको दावी गरे ।

निर्देशन विपरित गएर मत दिँदा पार्टीले कारवाही गर्ने थाहा हुँदा हुँदै पनि मत दिएको थापाले बताए । उनले आफूबाट पार्टीलाई कुनै धोका नभएको बरु उल्टै ओलीले पार्टीमा ठूलो गल्ती र धोका दिइरहेको बताए ।

उनले संसदीय दलका नेता यामलाल कँडेललाई आफूले सँधै सहयोग गरेको भएपनि उनले कहिल्यै सहयोग नगरेकाले मत दिन नसकेको समेत बताए । सांसद थापा पार्टीभित्र माधवकुमार नेपाल निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्