Logo
Logo

केन्द्रीय निर्देशनमा नै फ्लोर क्रस गरेका हौँ : प्रकाश ज्वाला


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका सांसद प्रकाश ज्वालाले पार्टी केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएका छन् ।

शुक्रबार कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालाले माधव नेपाल समूहलाई नै खास एमाले भएको रूपमा चित्रण गर्दै केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएका हुन् ।

उनले पार्टीले जे कारवाही गरेपनि भोग्न तयार रहेको बताउँदै पार्टी कब्जा गर्ने प्रवृत्ति कुनै पनि हालतमा पराजित हुनुपर्ने दावी समेत गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति इंकित गर्दै सांसद ज्वालाले पार्टीलाई एकताबद्ध नगरी कुनै अर्थ नहुने भन्दै त्यही सन्देश प्रवाह गर्न पनि शाहीलाई मत दिएको बताए ।

उनले पार्टीभित्र सबैको योगदान र सम्मान गर्न सक्नुपर्ने भन्दै नेतृत्वलाई सुझाव समेत दिए । शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा एमालेका सांसदहरु ज्वालासहित कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्