Logo
Logo

फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्न सिफारिस


दृष्टि संवाददाता


काठमाडौं। फ्लोर क्रस गरेर मतदान गर्ने चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमालेको कर्णाली प्रदेशले सिफारिस गरेको छ ।

सुर्खेतमा बसेको बैठकले फ्लोर क्रस गर्ने सांसदह प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाहीका लागि सिफारिस गरिएको एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कणेलले जानकारी दिए ।

विधानअनुसार कारबाहीको सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय भएको इञ्चार्ज कणेलले बताए । उनले भने, ‘उहाँहरु एमाले नै रहनुभएन । एमाले नभएपछि त सदस्य रहने भन्ने कुरा भएन ।’

अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका माधव नेपाल पक्षका चार सांसदले आज विश्वासको मत दिएर पद जोगाइ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्