Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कर्णाली प्रदेशमा एमाले सांसदको विद्रोहदेखि ओलीकै गृहजिल्लामा समानान्तर कमिटी गठनसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाए विश्वासको मत, एमाले सांसदद्वारा पार्टीको ह्वीप उल्लंघन, मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २० मतको आवश्यकता हुँदा एमाले सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले दिए मत, २२ मत पाएसँगै शाहीको पद जोगियो ।

२. पार्टीको ह्वीप विपरित विश्वासको मत दिने कर्णाली प्रदेशका चार सांसदलाई साधार सदस्य समेत नरहने गरी निष्कासन गर्न एमाले कर्णाली प्रदेशले ग¥यो सिफारिस, मुख्यमन्त्री शाहीलाई दिएको समर्थन अन्तिम समयमा सच्याउने समानुपातिक सांसद देवी वलीलाई चौबिस घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन, ओली प्रवृत्तिका कारण फ्लोर क्रस गर्न बाध्य भएको चार सांसदको प्रष्टिकरण, पार्टीको कारवाहीले कुनै फरक नपर्ने तर्क ।

३. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सर्वदलीय बैठक आह्वान, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको संक्रमणको जोखिम रोक्ने विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी, बैठकबारे जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव बेखबर हुँदा महन्थ ठाकुर पक्ष सहभागी हुने ।

४. नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहद्वारा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामै सामानान्तर कमिटी गठन, मालेकालदेखिका पुराना बामपन्थी नेता बेदराज रेग्मीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा, ३५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख रहेकी चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल नियुक्त, केपी ओली ज्ञानेन्द्र प्रवृत्तिमा अघि बढीरहेको नेपालको आरोप ।

५. कोरोना भाइरसको संक्रमण दैनिक उकालो लाग्दै, एकै दिन नौ सय संक्रमित थपिए, संक्रमित हुनेमा सबैभन्दा धेरै काठमाडौंका, कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहले गरेका निर्णय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयको आग्रह, १ सय ३८ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, काठमाडौं उपत्यकामा मात्र ५५ जना, नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर ।

६. सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुँडाल र विवादित छविका नहकुल सुवेदी संसदीय सुनुवाइबाट सर्वसम्मत रूपमा अनुमोदन, न्याय परिषदद्वारा चैत १ मो सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरिएका दुवै जनालाई प्रधानन्यायाधीशले सपथ गराएसँगै न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा नियुक्त हुने ।

७. नेपाल र भारतबीच देखिएका समस्या आपसी समझदारीमा हल गर्नुपर्नेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जोड, इतिहासले अधुरो छोडेका समस्यालाई समाधान गर्न कुनै दुविधा नरहेको दावी, खुला सीमामा हुने आवगमनका कारण महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गर्ने मन्त्री ज्ञवालीको भनाइ ।

८. रुरु जलविद्युत आयोजनाको आइपीओ बाँडफाँट, राजश्व अनुसन्धान विभागद्वारा सबा एक करोड रुपैयाँ कर छली गर्ने पोते व्यापारी विरुद्द मुद्दा दायर, चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित, अध्यक्ष मल्लले गरे स्वागत, राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिद्वारा सुपारी निर्यातमा भएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न उपसमिति गठन, काठमाडौं प्लाजा सिल, सबै पसल बन्द, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकलाई संचालन अनुमति ।

९. नेपाल, मलेसिया र नेदरल्याण्डस्बीचको त्रिदेशीय टी २० सिरिज शनिवारबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपालले नेदरल्याण्डस्को सामना गर्ने, चोटका कारण पारस खड्का नखेल्ने, सन्दीप जोरा टिममा अटाए, घरेलु मैदानमा ट्रफी उचाल्ने कप्तान ज्ञानेन्द्र मल्लको दावी, भारतमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आइपीएल)मा पञ्जाब किंग्स र चेन्नई सुपर किंग्स भिड्दै ।

१०.र, भारतमा कोरोना भाइरसको संक्रमणको रेकर्ड, एकैदिन थपिए २ लाख १६ हजार बढीसंक्रमित, १ हजार १ सय ८३ को मृत्यु,संक्रमण बढेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यू’, ब्राजिलमा एकैदिन ३ हजार ७ सय ७४संक्रमितको मृत्यु, अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन, अमेरिकाको इन्डियानापोलिस शहरमा अन्धाधुन्ध गोली प्रहार, ८ जनाको हत्या ।

प्रतिक्रिया दिनुहोस्