Logo
Logo

‘ओली सरकारको पतन सुरु’


दृष्टि संवाददाता


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।]

कार्यक्रममा नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताए । उनले नेपालको राजनीति फरक धारबाट बग्ने स्पष्ट भएको भन्दै कर्णालीको उदाहरण दिए ।

नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु धेरै नभएको दाबी गदै कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको र संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिष्ट लागिपरेको आरोपसमेत लगाए ।

असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकता समेत नहुने उनले जिकिर गरे । ओलीले सत्ताको आडमा फिँजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्ने पनि उनले बताए ।
सोही अवसरमा नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने व्यक्ति आउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्