Logo
Logo

‘फटाहाहरुले प्रचण्ड सिद्धियो भन्दै स्याल हुइँया पिटे’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंका केही जाली फटाहाहरुले ‘प्रचण्ड सिधियो’ भन्दै स्याल हुइँया पिटेका टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड सिधियो भन्दै स्याल हुइँया टिपेको बताएका हुन् । तर, अवस्था त्यस्तो नरहेको भन्दै प्रचण्डले आफ्नो बचाउ गरे ।

प्रचण्डले भने– ‘हामीबाट केही मजोरी भएको छ । तर, यसको मतलव सिधियौँ भन्ने होइन । तपाईहरुले देख्नुभएकै होला । म अहिले जनताको घर–घरमा पुगिरहेको छु । जताततै जनसागर भेटेको छु । पार्टीको पक्षमा जनर्मथन व्यापक छ । काठमाडौंका केही जाली फटाहाले प्रचण्ड सिधियो भन्दै स्याल हुइँया पिटेका मात्र हुन् ।’

प्रचण्डले अबको निर्वाचनबाट पार्टीलाई २०६४ कै अवस्थामा पुर्याइने समेत दावी गरेका छन् । २०६४ को निर्वाचनमा नेता कार्यकर्ता जनतासँग भएकै कारण सबैभन्दा ठूलो पार्टी भएको भन्दै प्रचण्डले अबको निर्वाचनबाट पार्टीलाई सबैभन्दा ठूलो बनाउने दावीसमेत गरे ।

उनले भने– ‘जनयुद्ध ६५ जना होलटाइमरबाट सुरु भएको थियो । दश वर्षमा के भयो भन्ने त सबैलाई थाहा छ । त्यसकारण सबैभन्दा ठूलो पार्टी बनाउने सम्भावना अझै छ । सबै लाग्नुपर्छ । पार्टीलाई २०६४ को अवस्थामा पुर्याउन सकिन्छ ।’

प्रचण्डले आफ्नो पार्टीबाहेक अरुसँग प्रतिवद्ध कार्यकर्ता र जनपक्षीय मुद्धा नरहेको भन्दै नेता कार्यकर्ता इमानदार रुपमा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्