Logo
Logo

भद्र नेताको तुच्छ टिप्पणी- माओवादी केन्द्र नभए पनि देश चल्छ


दृष्टि संवाददाता


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताएका छन् ।

प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी नभएको विषयलाई लिएर नेत ज्ञवालीले त्यस किसिमको प्रतिक्रिया दिएका हुन् ।

माओवादी केन्द्रलाई बैठकबारे खबर नभएको भन्‍नेबारे पत्रकारको जिज्ञासामा मन्त्री ज्ञवालीले भने- ‘हिजो व्यापकै थियो त कार्यक्रममा हुँदा-हुँदै प्रचण्डले भन्‍नुभयो रे- प्रधानमन्त्रीको फोन आयो मलाई। खबर थिएन भन्‍नु बेकारको कुरा हो । उहाँहरु किन आउनुभएन । किन यस्तो गैरजिम्मेवार बाटो हिँड्दै हुनुहुन्छ । त्यो उहाँहरुले जान्‍ने कुरा हो । उहाँहरुले थाहा पाउनुपर्छ, उहाँहरु नहुँदा पनि देशचाहिँ चल्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शुक्रबार प्रधानमन्त्रीले फोन गरेको कुरा बाहिर आउने तर खबर नै गरिएन भन्नु अमिल्दो भएको पनि उनले बताए ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि सहभागी थिएनन् । कांग्रेस, जसपा, राप्रपा, नेमकिपा, राजमोको तर्फबाट नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्