Logo
Logo

विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड


दृष्टि संवाददाता


काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो ।

रात्रीकालिन व्यवसायहरुमा विगतको भन्दा कडाई गर्ने र जनस्वास्थ्यका मापदण्ड लागु भए/नभएको कडा अनुगमन गर्ने बारेमा समेत सीसीएमसीमा छलफल भएको छ ।

रात्रीकालिन व्यवसायका लागि अलग्गै मापदण्ड समेत बनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्