Logo
Logo

कांग्रेसलाई पनि सरकारमा सामेल गराउने तयारी


दृष्टि संवाददाता


काठमाडौं । पार्टी ह्विप उल्लंघन गरेका नेकपा एमालेका तीनजना सांसदलाई महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन्। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभाबाबाट शुक्रबार विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरी आफूलाई सघाएका एमालेका चारमध्ये तीन सांसदलाई शनिबार मन्त्री बनाएका हुन्। फ्लोर क्रस गरेका ती सांसदलाई एमालेले भने पार्टीबाट निष्कासन गरेको छ।

मुख्यमन्त्री शाहीले एमाले सांसद नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार मन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। तीनैजनाले सोमबारदेखि कार्यभार सम्हाल्नेछन्।

बुढा शाही नेतृत्वको सरकारमा यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए। सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि चैत ५ गते कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

पार्टीले समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढा र सामाजिक विकासमन्त्री दल रावलले २५ चैतमा राजीनामा दिएका थिए।

‘संकटमा साथ दिनुभएका नेकपा एमालेका तीनैजना सांसदलाई समेटेर मुख्यमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ,’ सरकारका प्रवक्ता एवं सामाजिक विकास मन्त्री विमला केसीले भनिन्, ‘केही दिनभित्रै नेपाली कांग्रेसलाई पनि सरकारमा सामेल गराउने तयारी छ।’, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्