Logo
Logo

युवा संघ बर्दियाका अध्यक्ष रिमालले ओलीको साथ छोडे


दृष्टि संवाददाता


नेपालगञ्ज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बर्दियाका युवा संघ नेपालका अध्यक्ष शिव रिमाल वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा प्रवेश गरेका छन् ।

आईतबार बर्दियामा आयोजित युवा संघ नेपालको जिल्ला भेलामा युवा नेता रिमालले आफु माधव नेपाल समूहमा आवद्ध भएको घोषणा गरेका हुन् ।

भेलामा नेकपा एमालेका युवा नेता दामोदर अर्याल, रत्न खत्री, इन्द्र रावल, युवा संघ नेपालका महासचिव दिपक जिएम लगायतले रिमाललाई स्वागत गरेका थिए । ब्यक्तिबादी पार्टी भन्दा पनि विधि र पद्धतिबाट कम्युनिष्ट पार्टी चल्नुपर्छ भन्ने मान्यताका साथ आफु मुलधारमा फर्किएको रिमालले बताए ।

एमालेले बर्दियामा आईतबार युवा संघको जिल्ला कमिटी घोषणा समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्