Logo
Logo

बाजुरामा १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड सुरु


नन्दा थापा


बाजुरा । जिल्ला खेलकुद विकास समिति बाजुराको आयोजनामा आइतबारबाट १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सवैका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता आजबाट सदरमुका मार्तडीमा संचालन गरिएको आयोजकले जनाएको छ ।

मालिका माध्यमिक विद्यालय र अन्य विद्यालयको खेल मैदानमा एकै साथ खेल खेलाउने गरी खेल मैदानमा सुरु गरिएको प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका ७ वटा विद्यालयहरुले भाग लिएको आयोजक खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडुवालले बताएकी छन् ।

१२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आईतबार जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले व्यानर बाचन गरेर प्रतियोगिताको समुद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, बडीमालिका नगरपालिका उपप्रमख कविता विष्ट, नेकपा एमाले जिल्ला कमिटी सदस्य काँशी विक, नेपाली काँग्रेस संगठन विभाग प्रमुख धनराज पण्डितकाे उपस्थिति थियाे ।

यस्तै, नेकपा माओवादी केन्द्रका विनिता वि क,जसपाका टेक बडुवाल, नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति रमबहादुर शाही लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, विद्यालयका प्रशिक्षक लगायत विद्यार्थी खेलाडीहरूको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्