Logo
Logo

वीरगञ्जमा कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द


दृष्टि संवाददाता


वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिन थालेपछि वीरगञ्ज महानगरपालिकाले वैशाख ६ गतेदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन बन्द गर्ने भएको छ । शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।

कोभिड–१९को संक्रमणको जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै वैशाख ६ गते सोमबारदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन अर्को सूचना नहुञ्जेलसम्म बन्द गर्ने निर्णय गरेको शैक्षिक महाशाखाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिए ।

शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा महानगरक्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षावृद्धि गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्