Logo
Logo

‘राजा आऊ देश बचाऊ’ नाराले गुज्यमान विमानस्थल


दृष्टि संवाददाता


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् । धार्मिक भ्रमणका क्रममा शाह भारत गएका थिए । हरिद्वारको कुम्भ मेलाको शाही स्नानमा सरिक भएका शाह आइतबार नेपाल फर्केका हुन् ।

पूर्वराजा शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलमा उत्रिँदा उनका समर्थकहरूले भव्य स्वागत गरेका थिए ।

पूर्वराजाको स्वागतकाे लागि विमानस्थल पुगेका उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ, प्राणभन्दा प्यारो छ हाम्रो राजा, गणतन्त्र धोका हो’ भन्दै नाराबाजीसहित मोटरसाइकल र्‍याली निकालेका थिए ।

पूर्वराजा शाहका स्वागतकाे लागि वीर गोर्खाली, जनतान्त्रिक तराई मुक्तिमोर्चा, राष्ट्र बचाऊ अभियान र राष्ट्रिय नागरिक आन्दोलन–२०७७ ले पूर्वराजाको भव्य स्वागत गरेका थिए ।

गत चैत २६ मा भारत पुगेका पूर्वराजा शाहलाई विशेष रथको व्यवस्था गरिएको थियो । शाह आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको विशेष निम्तोमा मेलामा सहभागी हुन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्