Logo
Logo

काठमाडौं उपत्यकाका विद्यालय बन्द गर्न प्रजिअको सुझाव


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौँ उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कारोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाभित्रका सबै विद्यालय बन्द गर्न सुझाव दिएका छन् ।

पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकामा कोरोना भाइरसको संक्रमण बढेसँगै प्रशासनले केही दिन विद्यालय बन्द गर्नेुपर्ने सुझाव दिएका हुन् ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को आइतबार बसेको बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुहरुले बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन केही दिन बिद्यालय बन्द नै गर्नुपर्नु सुझाव दिएका हुन् ।

बैठकमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको, स्वास्थ्य जनसंख्या मन्त्रालयले पनि उपत्यकालाई अति प्रभावित जिल्लाको सूचीमा राखेका हुँदा केही दिन विद्यालय लगायत धेरै भिडभाड हुने स्थानहरु बन्द गर्ने विषयमा छलफल भएको काठमाडौँ जिल्ला प्रशासन कार्यालय प्रमुख कालिप्रसाद पराजुलीले बताए ।

त्यसपछि पनि संक्रमण कम नभए जोखिमको अवस्था हेरेर थप निर्णय लिनुपर्ने सुझाव उनीहरूले दिएका छन् । यसअघि, शनिबार बसेको सीसीएमसी बैठकले पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्