Logo
Logo

प्रदेश २ को नाम ‘मधेश’ राख्न माओवादी र जसपाको प्रस्ताव


दृष्टि संवाददाता


जनकपुर । प्रदेश नम्बर २ को नाम ‘मधेश’ राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । प्रदेशसभा सचिवालयले प्रदेश र स्थायी राजधानीको नामको लागि प्रस्ताव गर्न सूचना आह्वान गरेपछि सत्तापक्ष र प्रतिपक्षले दुईदुई वटा प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशको नामकरणका लागि जसपा नेपालका प्रमुख सचेतक शैलेन्द्र कुमार यादव र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह तथा राजधानीका लागि जसपाका प्रदेशसभा सदस्य परमेश्वर साह तथा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएका हुन् ।

दुबै दलका नेताले प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम क्षेत्र’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेले भने संसदीय दलको बैठक बोलाएर थप निर्णय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्