Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : माधव समूह निर्वाचन आयोग पुगेदेखि प्रदेश २ को नाम ‘मधेश’ प्रस्तावसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेकपा एमाले वरिष्ठ नेत माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा, पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एक्लौटी निर्णय बदर गर्न माग, चैत ७ गते गठन गरेको महाधिवेशन आयोजक कमिटी अवैधानिक रहेको भन्दै आयोगमा निवेदन दर्ता, ओलीले आफूपक्षीय सदस्यहरुलाई राखेर आफू अनुकूल हुनेगरी सो निर्णय गराएको नेपाल समूहको आरोप ।

२. नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले काभ्रेमा बनायो समानान्तर कमिटी, टोकबहादुर वाइवाको अध्यक्षतामा २२१ सदस्यीय जिल्ला कमिटी घोषणा, कर्णाली प्रदेशमा माओवादीलाई समर्थन गरेर केपी ओलीको हैसियत देखाइदिएको नेपालको टिप्पणी, पत्रकार महासंघको चुनाव र कर्णाली प्रदेशबाट ओलीलाई पाठ सिक्न नेपालको सुझाव, कपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बर्दियाका युवा संघ नेपालका अध्यक्ष शिव रिमाल वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा प्रवेश ।

३. प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले सदनमा एमसीसी टेबल गर्न नदिएको भन्दै आक्रोश पोखिरहेको बेला सभामुख अग्नि सापकोटाद्वारा कसैको दबाबमा कुनै पनि निर्णय नगर्ने अडान, आफ्नो जिम्मेवारी र भूमिका स्वतन्त्र रहेको र आफूले सभामुखको रुपमा संविधानको अधिनमा रही स्वतन्त्र काम गर्ने सपथ खाएको स्मरण गर्दै संविधान र कानूनका आधारमा मात्रै निर्णय गर्ने दृढता प्रस्तुत ।

४. प्रदेश नम्बर २ को नाम ‘मधेश’ राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता, प्रदेशसभा सचिवालयले प्रदेश र स्थायी राजधानीको नामको लागि प्रस्ताव गर्न सूचना आह्वान गरेपछि सत्तापक्ष र प्रतिपक्षले दुईदुई वटा प्रस्ताव दर्ता, माओवादी र जसपाले नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम क्षेत्र’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गरेको सचिवालयद्वारा जानकारी ।

५. माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद खारेज गरिदिएपछि स्वतः मन्त्री पदबाट निस्कासित भएका रामबहादुर थापाद्वारा गृहमन्त्रीमा पुनःनियुक्ति, राष्ट्रपति समक्ष सपथ, पद खारेजपछि रिक्त रहेको पदमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने, गठबन्धन बनाउने माधव नेपाल समूह, कांग्रेस र माओवादीको तयारी ।

६. नेकपा एमालेको अनुशासन आयोगद्वारा अध्यक्ष केपी शर्मा ओलीलाई सोमबारका लागि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठक स्थगित गर्न माग, एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका नेता एवं एमाले केन्द्रीय अनुसन्धान आयोगका अध्यक्ष अमृतकुमार बोहोराद्वारा पार्टीभित्रको विवाद समाधानको उयाय नखोजी उल्टै आयोजक समितिको नाममा बैठक राखेर स्थिति झन् असहज बनाउन खोजेको भन्दै तत्काल रोक्न आग्रह ।

७. प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्धन समितिमा सांसद र परराष्ट्रमन्त्रीबीच घोचपेच, एमसीसी परियोजनाको विषयमा सांसदद्वारा मन्त्री प्रदीप ज्ञवालीलाई प्रश्नै प्रश्न, नेपालको परराष्ट्र नीतिबारे समितिले जनायो असन्तुष्टि, सरकारले तय गरेको परराष्ट्र नीतिलाई पूर्णता दिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अध्ययन उपसमिति गठन गर्नुपर्ने माधवकुमार नेपालको माग, परराष्ट्र नीति आइसकेको अवस्थामा संसदीय समितिले उपसमिति गठन गरेर अध्ययन गर्नुको अर्थ नहुने मन्त्री ज्ञवालीको तर्क ।

८. निरन्तर ४ कारोबार दिनको वृद्धिपछि आइतबार नेप्सेमा सामान्य करेक्सन, ३५ अंकले घट्यो नेप्से परिसूचक, आइतबार ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री, “एनआरएन नेपाल डेभलपमेन्ट फण्ड“ अध्यक्षमा महतो, सिइओमा भट्टराई नियुक्त,१० अर्बको शेयर निष्कासन अर्को वर्ष हुने, नेपाल उद्योग वाणिज्य महासंघको अनुशासन समितिको सभापतिमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ नियुक्त ।

९. त्रिकोणात्मक टी–२० सिरिजमा म्याक्सको शतकमा नेदरल्याण्ड्सद्वारा मलेसिया १५ रनले पराजित, नेपालले सोमबार मलेसियासँग खेल्ने, पिचको अवस्था हेरेर टिम बनाउने कप्तान ज्ञानेन्द्र मल्लद्वारा जानकारी, भारतमा जारी आइपीएलमा आइतबार दुई खेल, पहिलो खेलमा रोयल चेलेन्जर्स बैंग्लोरद्वारा कोलकता नाइट राइडर्स ३८ रनले पराजित, दोस्रो खेलमा पञ्जाब किंग्स र दिल्ली क्याप्टिल्स् आमनेसामने ।

१०.र, भारतमा संक्रमितको संख्यामा दैनिक रेकर्ड, एकैदिन २ लाख ६० हजारमा संक्रमण, दिल्लीमा कुम्भ मेलाबाट फर्केकालाई १४ दिन अनिवार्य क्वारेन्टिन, हङकङमा फेरि देखिन थाल्यो कोरोनाको प्रभाव, ३० संक्रमित थपिँदा २९ आयातित, बंगलादेशमा गोली चल्दा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए ।

प्रतिक्रिया दिनुहोस्