Logo
Logo

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता



पोखरा २१ फागुन ।
पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।


मंगलबार भएको दुर्घटनामा रसियन नागरिकको मृत्यु भएको हो । सारङकोटबाट एक्लै उडेका रसियन नागरिकको मृत्यु भएको हो ।

यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो । पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढेको छ । खासगरी चालकबिना एक्लै उड्नेहरु दुर्घटनामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्