Logo
Logo

मलेसियाले नेपाललाई दियाे सामान्य लक्ष्य, करणले तीन विकेट लिए


दृष्टि संवाददाता


काठमाडाैं । त्रिकोणात्मक टि–२० सिरिजमा मलेसियाले नेपाललाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६।५ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भयो ।

मलेसियाका ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक २७ रनको योगदान दिए । त्यस्तै, सार्भिन मुनियादीले २० तथा विकेटकिपर ब्याट्सम्यान शफिक सरिफले १५ रन जोडे । अन्य आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अहमद फाइज तीन रनमै आउट भएका थिए ।

मलेसियालाई सस्तैमा समेट्न करण के सीले सर्वाधिक तीन विकेट लिए । सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले एक/एक विकेट लिए ।

 

 

प्रतिक्रिया दिनुहोस्