Logo
Logo

मास्क नलगाउनेलाई ‘ठाउँको ठाउँ’ कारबाही


दृष्टि संवाददाता


पर्सा । दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कडाइ गरेको छ । महानगरपालिकामा मास्क नलगाई हिँड्नेलाई प्रहरीले ठाउँको ठाउँ एक सय रुपैयाँ जरिवाना गर्न थालेको हो ।

कोरोना संक्रमण फैलिँदै गएपनि मान्छेले लापरवाही गरेको र त्यसलाई नियन्त्रण गर्नको लागि महानगरले आइतबारबाट मास्क नलगाउनेहरूमाथि कारवाहिको सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीका अनुसार महानगरमा बढ्दै गएको जोखिम र पटकपटकको आह्वान गर्दा पनि आम नागरिकको लापरवाही गरेकाले कारवाहिको सुरु गरिएको हो । उनका अनुसार मास्क नलाउनेहरुलाई जरीवाना वापत १०० रुपैयाँ असुल्ने र त्यसको सट्टामा मास्क उपलब्ध गराउने कार्य सुरु गरिएको हो ।

पर्सा जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको नारायणी अस्पतालको तथ्यांकले देखाएको छ । आइतबार मात्र पर्सा जिल्लामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको संख्या बढिरहदा समेत मानिसहरुले सावधानी अपनाएको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्