Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : वैशाखभर विद्यालय बन्द गर्ने निर्णयदेखि मास्क नलगाउनेलाई जरिवानासम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर मुख्यमन्त्री शंकर पोखरेललद्वारा मन्त्रिपरिषद् विस्तार, पार्टीलाई नै जानकारी नदिई मन्त्री बन्ने चार जनालाई जसपाले सोध्यो स्पष्टीकरण, २४ घण्टाभित्र जवाफ नदिए सांसद पद खारेज गरिदिने चेतावनी ।

२. नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा १० औं महाधिवेशन आयोजक कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश, माओवादी एमाले फुटाउन उद्दत रहेको आरोप, नेकपा सकिनुमा माधव नेपालको कुण्ठा र प्रचण्डको अवसरवादीलाई दोष, कर्णाली प्रदेशमा माधव नेपालले अपराध गरेको भन्दै नेपालसहित २० जनामाथि थप कारवाही हुने, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग, माधव पक्षधर तीन नेता एमाले बैठकमा सहभागी, फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिने ओलीको आश्वासन ।

३. कोरोना भाइरसको जोखिम बढेसँगै वैशाखभर १४ जिल्लाका शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी नाचघर, हेल्थ क्लब,जिम खाना, स्वीमिङपुल, फुटसल, आमसभा, जुलुस वा हाटबजार रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रमहरु बैशाख मसान्त सम्म बन्द गरिने, २५ जना भन्दा बढी जम्मा नहुने, कुनै पनि सामान अनावश्यक नछुने, मास्क अनिवार्य, सेनिटाइजर वा साबुन पानीले पटक–पटक हात धोएर आवश्यक स्वास्थ्य सतर्कता अपनाउन निर्देशन, मास्क नलगाए जरिवानाको व्यवस्था ।

४. सरकारद्वारा प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस, प्रतिनिधिसभा ब्युँतिएपछि ४४ दिनसम्म अधिवेशन चलेपनि कुनै महत्वपूर्ण विजनेश हुन सकेन, सरकारले संसदलाई बन्धक बनाएको प्रतिपक्षी दलको आरोप, संसदलाई विजनेश दिएपनि सभामुख अग्नि सापकोटाले विधेयक अघि नबढाएकोमा सरकारको असन्तुष्टी ।

५. अविश्वासको प्रस्ताव दर्ता भएसँगै अधिवेशन अन्त्य गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई झट्का, प्रदेश प्रमुख अमिक शेरचनद्वारा गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते आह्वान, अविश्वासको प्रस्तावअघि हिउँदे अधिवेशन अन्त्य गरेको भन्दै तीनै दलले प्रदेश प्रमुखसमक्ष गरिएको माग अनुसार नै विशेष अधिवेशन बोलाइयो, पहिलो बैठकमा नै अविश्वासको प्रस्तावमाथि छलफल हुने ।

६. नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै, गत २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि, आठ संक्रमितको मृत्यु, प्रतिघण्टामा एक बालबालिकामा कोरोना संक्रमण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, भारतमा संक्रमण उकालो लागेसँगै अक्सिजन निर्यातमा रोक लगाइयो, अक्सिजन रोकिँदा नेपालमा संक्रमितको उपचारमा समस्या आउने चिकित्सकको भनाइ ।

७. कोरोना भाइरसको संक्रमण बढेसँगै बैँक तथा वित्तिय संस्थालाई नेपाल राष्ट्र बैंकले जारी गर्यो नौँ बुँदे निर्देशिका, क देखि घ वर्गसम्मका बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाह गर्न निर्देशन, सेवा प्रवाहका क्रममा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राही संक्रमणको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन, एटीएम प्रयोगबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राख्न तथा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख ।

८. सरकारले क्लिनचिट दिएपछि खानेतेल उद्योगको बदमासी, अन्तर्राष्ट्रिय बजार देखाउँदै मूल्य बढाउँदै, लिटरको २५० रुपैयाँ पुग्यो, अरुण भ्यालीको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला,लकडाउनको हल्लाले लगातार दोस्रो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम पौने ७ अर्बमा सिमित ।

९. नेपालमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालको दोस्रो जीत दर्ता,कुशल भुर्तेलको अर्धशतकको मद्दतमा मलेसिया ९ विकेटले पराजित, अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले जारी गरेको विश्व टी २० बरियतामा नेपालले एक स्थान सुधार, नयाँ बरियतामा नेपाल १५ औं स्थानबाट १४ औं स्थानमा उक्लियो, बढ्दो कोरोना भाइरस महामारीलाई मध्य नजर गर्दै नेपाल सरकारको सोमबार बसेको मन्त्री परिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्ययक्तिहरु भेला नहुन आदेश जारी गरेपछि क्यानद्वारा सिरिजका बाँकी खेल दर्शकविना नै खेलाउने निर्णय ।

१०.र, भारतमा कोरोना भाइरसका संक्रमितको संख्यामा दैनिक रेकर्ड, एकैदिन २ लाख ७५ हजारमा संक्रमण पुष्टि, अस्पतालमा बेड पाउनै छाड्यो, दिल्लीमा एक साता लकडाउनको घोषणा, भारतको महारष्ट्रमा प्रत्येक तीन मिनेटमा एक संक्रमितको मृत्यु भइरहेको भारतीय सञ्चारमाध्यमको भनाइ, बंगलादेश भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भएको विरोध प्रदर्शनका मुख्य योजनाकार मामुनुल पक्राउ ।

 

प्रतिक्रिया दिनुहोस्