Logo
Logo

अरब छल्नेलाई उन्मुक्ति, लाख बिगो गर्नेलाई सास्ती


दृष्टि संवाददाता


काठमाडौं । केपी शर्मा ओलीले राजनीतिक प्रतिशोधका आधारमा कारबाही गर्नका लागि राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतका ल्याए । विभागको महानिर्देशकमा आफ््ना जिल्लाबासी विश्वासपात्र दीर्घराज मैनालीलाई ३ बर्षसम्म महानिर्देशक बनाए । ओलीको डिजाइनमा मैनालीले केही मिडिया संचालकदेखि आफूबिरुद्ध लाग्ने ब्यापारीलाई मुद्दा हाली दुःख दिने काम गरे ।

दीर्घराज मैनाली र रामप्रसाद आचार्य

मैनालीले प्रधानमन्त्री ओलीको राजनीतिक आकांक्षा पूरा गर्नका साथै कर प्रशासनमा केही सुधारको कदम पनि चालेका थिए । नेपालमा राजस्व छली हुने भारतबाट भित्रने सामानमा नै हो । भारतबाट भन्सार छली गरी सामान भित्र्याउनु आम प्रचलन नै हो भन्दा अत्युक्ति नहोला । त्यसैकारण गृहमन्त्रालय अन्तर्गतका तराईका जिल्लामा प्रहरी इन्चार्ज हुन प्रहरीका डीएसपीदेखि डीआइजीसम्म दौडधूप गर्ने गर्दछन् ।

राजस्व अनुसन्धान विभागमा रहँदा मैनालीले राजेश गुप्ता भन्ने हेल्मेट ब्यापारीलाई थुनामा राखी १८ करोड रुपैयाँ धरौटी राख्न लगाएर छाडेका थिए । त्यस्तै पेयपदार्थ पेप्सीका उत्पादक बरुण बेभरेजका संचालकलाई डेढ अर्ब रुपैयाँ धरौटी राख्न बाध्य पारिएको थियो । यसरी धरौटी माग्ने राजस्वको कदमले परिणाम उल्टो निस्कियो । यसरी बढी राजस्व धरौटी राखेका कारण अदालतमा मोलमोलाई हुन थाल्यो । अदालतमा हुने चलखेल देखेपछि मैनालीले ५० लाख भन्दा माथि धरौटी लिने प्रथा भंग गरे ।

राजस्व अनुसन्धान विभागमा महानिर्देशक परिवर्तन भएपछि धरौटी माग्ने क्रम फेरि सुरु भएको छ । विभागको महानिर्देशकमा रामप्रसाद आचार्यको आगमन भएपछि धरौटी माग्ने क्रम सुरु भएको हो । पछिलो समयमा विभागमा धरौटी नदिन घुस दिनुपर्ने, घुस नदिए गोदाम सिल गर्ने क्रम सुरु गरिएको छ । राजस्व अनुसन्धान विभाग मैनालीको बहिर्गमनपछि अर्थमन्त्रालयको उठ्तीपुठ्ती अड्डामा रुपान्तरण भएको छ ।

राजस्व अनुसन्धान विभागमा महानिर्देशक परिवर्तन भएपछि धरौटी माग्ने क्रम फेरि सुरु भएको छ । विभागको महानिर्देशकमा रामप्रसाद आचार्यको आगमन भएपछि धरौटी माग्ने क्रम सुरु भएको हो । पछिलो समयमा विभागमा धरौटी नदिन घुस दिनुपर्ने, घुस नदिए गोदाम सिल गर्ने क्रम सुरु गरिएको छ । राजस्व अनुसन्धान विभाग मैनालीको बहिर्गमनपछि अर्थमन्त्रालयको उठ्तीपुठ्ती अड्डामा रुपान्तरण भएको छ । घटना हो, भारतबाट ल्याउने सामान ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनी पशुपति रोड क्यारियरको । पशुपति रोड क्यारियर राजस्व छलीको बादशाहका रुपमा चिनिन्छ । कर प्रशासन र राजस्व प्रशासनका अधिकारीहरुसँग सेटिङ गरी पशुपतिले राजस्व छलीका सामान आयात गर्दै ब्यापारीलाई दिने गरेको छ । महानिर्देशक रामप्रसाद आचार्य शाखा अधिकृत हुँदा राजस्व अनुसन्धान विभागमै कार्यरत थिए । आचार्यसँग पशुपति रोड क्यारियरको त्यहीबेलादेखि नै सम्बन्ध रहिआएको छ ।

आचार्य महानिर्देशक भएपछि यो सम्बन्ध झन् घनीभूत भएकै कारण उसले जति बदमासी गरे पनि गोदाम सिल नगरी सामान ढुवानी गर्न छुट दिइएको छ । पशुपति रोड क्यारियरले भारतबाट भन्सार तिरी ल्याउनुपर्ने सामान विना भन्सार ल्याउने राजस्वका कर्मचारीलाई थाहा छ ।

भन्सार छली गरी गरी सामान ल्याउने र त्यो सामान ब्यापारीकोमा पु¥याउने काम पशुपति रोड क्यारियरले आफ्नो कर्मचारी जो भारती नागरिक हुन् ओमप्रकाश सिंहलाई दिने गरेको थियो । यो कुरा मैनालीले थाहा पाएपछि पशुपति रोड क्यारियरको गोदाम सिल गरी छानबिन सुरु गरेका थिए । अनुसन्धानकै बीचमा मैनालीको अर्थमन्त्रालयमा सरुवा भयो । महानिर्देशक परिवर्तन भएर आचार्य आएपछि पशुपतिले गरेको राजस्व छलीलाई बेवास्ता गरिएको छ । पशुपतिलाई चोख्याउने र उसले भन्सारछली गरेर ल्याएका सामान दिइएका ब्यापारीका टाउकोमा थोपर्ने कार्य गरिएको छ । मुख्य दोषी पशुपतिको गोदाम खुल्ला गरी उसले सामान दिएका ब्यापारीका गोदाममा २ महिनादेखि ताला लगाइएको छ । राजस्वका कर्मचारीकै मिलेमतोमा भन्सारछली गरी सामान ल्याएर ब्यापारीलाई दिने पशुपति रोड क्यारियरका कर्मचारी भारतीय नागरिक ओमप्रकाशलाई भगाएको छ ।

पशुपति रोड क्यारियरको गोदाम किन खोलेको भनी अनुसन्धान अधिकृत प्रेम आचार्यलाई सोध्दा उनले सुरुमा सिल गरिएको दाबी गरे । तर दृष्टि प्रतिनिधि पशुपतिको सुन्धारास्थित गोदाममा जाँदा एउटा सानो कोठामा राजस्वले ताला लगाएर अरु सबै खोलेको पाइयो । एउटा सानो कोठामा ताला लगाएर आँखामा छारो हाल्ने काम राजस्वले गरेकोबारेमा निर्देशक आचार्यसँग जिज्ञासा राख्दा उनले भने, कुहिने, सड्ने सामान अरु ब्यापारीका सामान भएकाले खोलिएको प्रतिक्रिया दिएका छन् । राजस्व छलीको मुख्य दोषी पशुपति रोड क्यारियरलाई उन्मुक्ति दिने, उसको गोदाम खोल्ने तर उसबाट साामान लिने ब्यापारीको गोदाम २ महिनादेखि सिल गरी ब्यापारबाटै पलायन हुुनुपर्ने स्थितिमा राजस्वले पु¥याएको छ । राजस्वले गोदाम सिल गरे पनि छिटो कारबाही टुंग्याएर ब्यापारीलाई काम गर्न खुल्ला छाड्नुपर्नेमा विभागलाई महानिर्देशक र निर्देशक आचार्य बन्धुले उठ्तीपुठ्ती अड्डामा परिणत गरेको दृष्टान्त पशुपति रोड क्यारियर नै हो ।

 

प्रतिक्रिया दिनुहोस्